सातदोबाटोमा मनाङ र चेन्नइन भिड्दै, भारतीय टिमलाई बढी दबाब

0

एएफसी कपको अन्तिम खेलमा आज नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतको चेन्नइन फुटबल क्लबवीच प्रतिष्पर्धा हुँदैछ । यो खेल सवा चार बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

होम एण्ड अवेका आधारमा खेलाइएको प्रतियोगितामा मनाङले एउटा पनि जित हात पार्न सकेको छैन । पाँच खेल खेल्दा मनाङले दुई वटा खेल बराबरी खेलेको थियो भने बाँकी तीन खेलमा पराजय भोगेको थियो । बंगलादेशको अवहानीविरुद्धको खेलमा मनाङले पाँच गोलको लज्जास्पद हार ब्यहोरेको थियो । मनाङले मिनर्भा पञ्जावलाई दुबै खेलमा बराबरीमा रोकेको थियो । पाँच खेलमा मनाङले एघार गोल खाएको छ भने तीन गोलमात्र गरेको छ ।

आज मनाङ सान्त्वना जितको खोजीमा हुनेछ ।

चेन्नइनलाई भने बराबरी पनि पर्याप्त हुनेछैन । समूह ईमा अबहानी १० अंक बनाएर शीर्ष स्थानमा छ भने चेन्नईन ८ अंक सहित दोस्रो स्थानमा छ । आज मनाङलाई हराएरमात्र चेन्नइनको यात्रा अघि बढ्ने छैन । यही समयमा पञ्जाव र अबहानी पनि खेल्दैछन् । पञ्जावमा हुने खेलमा अबहानी पराजित भएको खण्डमा चेन्नईन अर्को चरणमा प्रवेश गर्नेछ ।

Post Add 1025X115
Loading...