जापानलाई हराउँदै नेदरल्याण्ड महिला फुटबल विश्वकपको क्वार्टर फाइनलमा

0

नेदरल्याण्ड फिफा महिला विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्डले जापानलाई २–१ ले हरायो ।

खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३औं मिनेटमा युयी हासेगावाले गोल गर्दै जापानलाई खेलमा फर्काइन् । पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो । दोस्रो हाफको अन्तिम समयमा डच टोलीले पेनाल्टी पायो । सो पेनाल्टीलाई पनि मार्टिन्सले नै गोल गरेपछि नेदरल्याण्ड अन्तिम आठमा पुग्न सफल भयो ।

क्वार्टर फाइनलमा नेदरल्याण्डले इटालीको सामना गर्नेछ । इटालीले चीनलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

Post Add 1025X115
Loading...