चीन प्रि-क्वाटरफाइनलबाट बाहिरियो, इटली अन्तिम आठमा

0

नेप्लेज, ११ असार । इटलीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको छ ।

फ्रान्समा जारी प्रतियोगितामा चीनले इटलीसँग २–० गोलको पराजय ब्यहोरेको हो । क्वाटरफाइनलमा इटलीले पूर्व च्याम्पियन जापान र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १५ औं मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको सुरुमै अर्को गोल गरेको हो । आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन् । त्यसपछि गोल हुन सकेन र इटली अन्तिम आठमा पुग्यो ।

Post Add 1025X115
Loading...