अब के गर्ने हाेला तनाव भाे !

0

नेपाली क्रिकेट संघमा फर्कनका लागि यतिबेला प्रायसबै पदाधिकारीको दौडधुप सुरु भएको छ । विभिन्न जिल्लाबाट सदस्यता लिनका लागि पहिलेका पदाधिकारी चहारीरहेका छन । प्रदेश तीनमा रहेका र क्यानमा पहिलो आफ्ना अधिपत्य जमाइसकेका केहि पदाधिकारीमा कोहिले भक्तपुर त कोहिले ललितपुरबाट आफ्ना सदस्यता लिएका छन । त्यसमा भक्तपुरबाट सदस्यता लिनमा सबै भन्दा ठुलो नाम विनयराज पाण्डेको छ । यता ललितपुरबाट पनि आधा दर्जनले क्यानको सदस्यता लिएका छन ।

नेपाली क्रिकेट निलम्बनमा परेको तीन बर्ष पुरा भएर चौथो बर्षमा दौडीरहेको छ । यस्तोमा यो निलम्बन कहिले फुकुवा हुन्छ त्यो अझैपनि अन्योलमा नै छ । यता आइसीसीले दिएको निर्देशन अनुसार विवादित जिल्लाको निर्वाचन भएको छ । जसमा नुवाकोट, भक्तपुर, ललितपुर लगायतका जिल्लाको निर्वाचन सम्पन्न भएको छ ।

ती निर्वाचनमा पुरानै पदाधिकारीहरु फेरी आफ्नो भोटिङ राइट्स लिएर आएका छन । तर यसअघि क्यानमा रहेका केहि पदाधिकारी भने यसपटक भोटिङ नै नपाउने संभावना बढेको छ । जसमा विनोद मैनाली, दिवाकर घले, सैलेन्द्र चौधरी, उत्तम कर्माचार्य र रतन कठायत लगायतका ब्यक्तिहरु यसपटक चुनावमा उठ्न नपाउने भएका छ ।

कारण के ?
पहिले क्यानमा हुँदा सबैले लिएको पेष्की फच्र्योट नगरेका कारण उनीहरुले जिल्लाको समेत सदस्यता पाउन कठिन भएको छ । क्यानमा हुँदा विभिन्न बाहानामा पेष्की लिएको तर त्यसको फच्र्योट नगरेपछि उनीहरुलाई जिल्लाको निर्वाचनमा पनि सहभागि हुन पाएनन् । जसका लागि उनीहरुले अदालतमा समेत मुद्धा हालेका थिए । तर दिवाकर, सैलेन्द्र, उत्तम र कठायतको मुद्धालाई खारेज गरियो भने विनोद मैनालीको मुद्धामा कारण देखाउन आदेश दिइयो ।

मैनालीले आफ्नो नाममा कुनै पेष्की नरहेको भन्दै अदालतमा मुद्धा हालेका थिए । जसमा कारण देखाउ आदेश दिइएको थियो । यता अरु चार जनाको मुद्धा भने अदालतले नै कुनै चासो दिएन ।

जसका कारण यतिबेला उनीहरुको टाउको दुखाई बनेको छ । क्यानको नयाँ निर्वाचन भयाे भने उनीहरु भाग लिन नपाउने भएको छ ।
कुनैपनि ब्यक्तिको नाममा पेष्की फच्र्योट छ भने उनीहरुले कुनै पनि चुनावमा सहभागिता जनाउन नपाउने आइसीसीले नै निर्देशन जारी गरेको थियो । जसमा पहिले क्यानमो जिम्मेवार पदमा रहेर काम गरिसकेका ब्यक्तिहरुलाई धक्का लागेको छ ।

विनोद मैनाली क्यानको उपाध्यक्ष भइसकेका छन भने दिवाकर घलेपनि सोहि पदमा यसअघि क्यानमा थिए । यस्तै उत्तम कर्माचार्य सचिव भइसकेका छन ।

पहिल्लो पटक आइसीसीले निर्देशन दिएअनुसार क्यानको जिल्ला स्तरको निर्वाचन सम्पन्न हुने संघारमा छ । यदि आइसीसीले भने अनुसार जुनमा बस्ने बैठकमा नेपालको निलम्बन फुकुवा हुन्छ की भन्ने आशा जागेको छ । तर केहि पदाधिकारीले सदस्यता नै नपाउने भएपछि भने यतिबेला क्रिकेटका केहि पदाधिकारीमा तरंग फैलिएको छ ।

Post Add 1025X115
Loading...