नेपाल बास्केटबल लिगको उपाधि टाइम्सले जित्याे

0

नेपाल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेश्नल क्लवले जितेको छ । फाइनलमा विभागिए टिम त्रिभुवन आर्मीलाई हराउँदै उपाधि उचाल्न सफल भयो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनलमा टाइम्सले आर्मीलाई ८८–७१ स्कोरले हरायो । उसले पहिलो सेट देखि नै आर्मीलाई दबावमा राखेको थियो । जसमा पहिलो सेटमा टाइम्सले १९–१२ को अग्रता बनाएको थियो । दोस्रो सेटमा पनि टाइम्सले आर्मी विरुद्ध २१–१२ को अग्रता बनायो ।

तेस्रो सेटमा आर्मीले राम्रो दबाव दिएपनि टाइम्सले २७–२६ ले आफ्नो पक्षमा पार्यो । अन्तिम सेटमा २१–२१ को बराबरी खेलेपछि टाइम्सले सहज जित निकाल्यो । उपाधिसँगै टाइम्सले दुई लाख रुपैयाँ हात पार्यो ।

Post Add 1025X115
Loading...