त्रिपुरेश्वरको कर्भडहल, पानी पुछ्दै खेल हुँदै

0

असार ७ गते शनिबारका दिन नेपालमा पहिलो पटक आयोजना भएको महिला बास्केटबल लिगको फाइनल खेल भइरहेको थियो ।उपाधिका लागि काेर्टमा थिए नेपाल पुलिस क्लव र समृधि गाेरिल्ला । फाइनल खेल कसले जित्ला भनेर दुबै टिमका समर्थकमा ठुलाे जिज्ञासा थियाे ।  राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भित्र फाइनल खेल चलिरहेको थियो भने बाहिर भारी बर्षा भइरहेको थियो ।

पूर्व सदस्यसचिव शरदचन्द्र शाहको पालामा चीन सरकारले बनाइदिएको कर्भडहलको अहिलेको अवस्था कस्तो छ भन्ने बास्केटबलको फाइनलमा देखियो । बाहिर भारी बर्षाले मौसम चिसो भइरहेको थियो भने भित्र फाइनल खेलको रोमाञ्चकताका कारण माहोल गर्मागरम थियो । यस्तैमा भारी बर्षा हुन पुग्यो । त्यसका असर कर्भडहल भित्र भइरहेको फाइनलमा पनि पर्नगयो ।

कहिले बिजुली जाने त कहिले कर्भडहलको छाना चुहिएर कोर्टमा पानी पर्ने । फाइनल खेलमा टिमहरु एक अर्का विरुद्ध कसरी स्कोर गरौ भनेर सोचिरहेका बेला झ्याप्प बत्ति जानाले खेल रोकिन पुग्थ्यो । बत्ति आएर खेल सुरु भएका बेला छाना चुहिएर कोर्टमा पानी नै हुन्थ्यो ।

जसले गर्दा बारम्बार खेल रोक्दै कोर्टको भुई पुछ्ने गरिथ्यो । बर्षोदेखि मर्मत विहिन बनेको कर्भडहलले आफुलाई पुन निर्माणको खाँचो छ भनेर पानी चुहाउदै बताइरहेको थियो । सो खेल हेर्न खेलकुदका पदाधिकारी भिआइपी बक्सको सोफामा आनन्द लिएर हेरिरहेका थिए । तर पानी चुहिरहँदा कसैलेपनि यो कर्भडहल मर्मत हुनुपर्ने भन्ने कुरा मुखबाट निकालेनन् ।

२०७२ सालमा आएको भुकम्पका कारण यो कर्भडहलमा ठुलो असर परेको थियो । जसलाई पुनः निर्माणका लागि पहल भएपनि अझै हुन सकेको छैन । अझैपनि यहि कर्भडहलमा राष्ट्रिय प्रतियोगिताहरु भइ नै रहेका छन । तर यसको छाना र अन्य पक्षहरुको मर्मतका लागि नत राष्ट्रिय खेलकुद परिषद्ले नै काम सुरु गरेको छ । परिषद्ले यसको मर्मत गर्ने बताउदै आएपनि काम भने अझै हुन सकेको छैन ।

कोर्टमा पानी चुहिदा सबै भन्दा चिन्ता खेलाडीलाई नै देखिएको थियो । कारण त्यो पानीमा चिप्लिएर लडियो भने घाइते हुने प्रबल संभावना थियो । तर त्यस्तो भने नभएपनि बारम्बार खेल रोक्दै पानी पुछ्दै फाइनल खेलाइएको थियो ।

कोर्टमा विक्ष्याइएको काठपनि निकै पुरानो भइसकेको छ । पूर्व सदस्यसचिव युवराज लामाको पालामा अन्तराष्ट्रिय बास्केटबल प्रतियोगिता गर्दा एकपटक यसको मर्मत भएको थियो । तर त्यसपछि यो कर्भडहलमा कुनै काम भएको छैन । यसको बाहिर नयाँ पुर्वाधार बनिरहेको छ । त्यो पुर्वाधारसँगै कर्भडहलको मर्मत पनि होला भन्ने आशामा सबै रहेका छन ।

Post Add 1025X115
Loading...