खेलाडीपछि क्लवकाे मालिक बन्ने बाटाेमा जेर्राड पिके

0

समुन्द्री सतह भन्दा चार हजार फिटमाथि ५ सय ३० जना दर्शक क्षमता भएको एउटा हरीयो फुटबल मैदान स्तादीयो प्रादा दी मोलेस छ । इनक्याम्पको एन्डोरन गाउँमा रहेको यो मैदानको वरिपरी डाँडैडाँडाले घरिएको छ र विचमा फुटबल मैदान रहेको छ ।

जहाँ विश्वकप विजेता खेलाडी जेरार्ड पिकेले लगानी गरेका छन । यो ठाउँको बारेमा उनले पहिले पनि सुनेका थिए, तर यसपटक चार पटकका च्याम्पियन्स लिग विजेता खेलाडी पिकेले पाइला राखेका छन । तर खेलाडीको रुपमा नभई क्लवको मालिकको रुपमा ।

गत डिसेम्बरमा डेभिस कप टेनिस प्रतियोगिता सकिए लगत्तै उनको कोसमोस समुहले एफ सी एन्डोरा खरिद गरेका छन । जुन स्पेनीस फुटबलको पाँचौ डिभिजनको क्लव हो ।

पिकेले पनि ठुलो आत्मविश्वासका साथ सालफोर्ड सिटीको स्पेनमा पनि खोल्ने योजना बनाएका छन । यो क्लवलाई इंग्ल्याण्डमा म्यानचेस्टर युनाइटेडका ६ जना पूर्व खेलाडी मिलेर खोलेका हुन ।

एफसी एन्डोरा १९४२ सालमा स्थापना भएको क्लव हो । उसले स्पेनीस लिग १९४८ देखि खेल्दै आएको छ । तर विचमा कोसमोसले यो क्लवलाई आफ्नो स्वामितवमा लिएपछि निकै तल झर्न पुग्यो । कोसमोसले स्वामित्व लिएको बर्ष नै एन्डोरा शिर्ष डिभिजनबाट रेलिगेसनमा पर्यो ।

पिकेले यो क्लवका बारेमा साथीको माध्यमबाट सुनेका थिए । तर उसको इतिहास यस्तो होला भन्ने थाहा थिएन । तर विस्तारै उनी यो क्लवसँग नजिक हुँदै जाँदा खरिद नै गर्ने योजनामा पुगे । उनले यो क्लवमा आफुहरु लगानीकर्तामा मात्र नभई टिममा नै रहने किसिमले अगाडी बढेको बताए ।

पिकेले पहिलो कामका रुपमा क्लवमा बार्सिलोनाका पूर्व खेलाडी गाब्रीलाई म्यानेजर र एल्बर्ट जोरक्विरालाई सहायक प्रशिक्षकका रुपमा नियुक्त गर्यो ।

गाब्रीले १३ बर्ष नोउ क्याम्पमा खेलाडीका रुपमा विताएका थिए । जसमा उनले २००६ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । ४० बर्षे गाब्रिले बार्सिलोनाको युथ टिमलाई पनि ब्यवस्थापकका रुपमा सहयोग गरेका थिए । गाब्रि ब्यवस्थापकका रुपमा गएपछि पहिलो भनाइ थियो, सेमिप्रोफेस्नल टिमलाई प्रशिक्षण गर्नु निकै चुनौती हुनेछ ।

पिकेको यो टिमको पहिलो लक्ष्य कोपा डेल रे मा निकट भविष्यमा कमब्याक गर्नु रहेको छ । जसका लागि टिमले गेरी र फिल नेभिल्स, पउल स्कोल्स, रायन गिग्स, निकी बटलाई सहयोगीका रुपमा पाएको छ । यसका साथै इंग्लिस क्लव सालफोर्ड सिटीका सह मालिक पनि रहेका छन ।

Post Add 1025X115
Loading...