महिला बास्केटबल लिगमा पुलिस च्याम्पियन

0

नेपाल महिला बास्केटबल लिगको उपाधि विभागिए टिम नेपाल पुलिस क्लवले जितेको छ । फाइनलमा समृद्धि गोरिल्लाजलाई ६५–५२ स्कोरले हरायो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनलमा पुलिसले पहिलो क्वाटरमा हारेपनि त्यसपछिका तीन क्वाटरमा बलियो प्रभाव जमायो । गोरिल्लाले पहिलो क्वाटर १२–८ ले जितेको थियो । तर दोस्रो क्वाटरमा गोरिल्ला १९–१७ ले विजयी भयो ।

तेस्रो क्वाटरमा २२–१३ को भारी अग्रता बनाएको उसले अन्तिम क्वाटरमा पनि १६–१० ले जित्न सफल भयो । उपाधिसंगै पुलिसले २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको समृद्धिले १ लाख प्राप्त गर्यो ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल ९पिडिसिएन० को आयोजनामा भएको प्रतियोगितामा ४ टोलीले प्रतिस्पर्धा गरेका थिए

Post Add 1025X115
Loading...