नयाँ जीवन पाएका एक हाते फुटबलर भिराेवीकाे जाेस

0

झण्डै एक बर्ष अगाडी जिम्बावेका फुटबलर हार्डलाइफ भिरोवी अरु सामान्य फुटबलर जस्तै देखिन्थे र खेल्थेपनि । तिब्र गतिमा फुटबल खेल्ने विपक्षीलाई छलेर गोल गर्न सक्ने क्षमता भएका खेलाडी थिए । तर एक बर्ष अगाडी उनको कार दुर्घटनामा परेपछि उनको खेल जीवन नै परिवर्तन भयो । उनको कार दुर्घटनामा परेर बाँया हात गुमाएपछि नियमित जीवन नै परिवर्तन भयो ।

उनले तिब्रगतिमा आइरहेको गाडीलाई छल्ने क्रममा आफ्ना गाडीलाई रुखमा ठोकेका थिए ।

तर उनले आफ्नो जीवनमा निधै संघर्ष गर्दै नयाँ जीवन पाए । त्यो दुर्घटनामा उनले आफ्ना हात गुमाए । तर त्यो पिडा र दुःखलाई विर्सदै निकै बलियो आत्मसाथका साथ फेरी फुटबल टिममा फर्किएका छन । जिम्बावेको घरेलु प्रतियोगितामा क्याप्स युनाइटेड टिमबाट उनले फेरी घरेलु प्रतियोगितामा फर्किएका छन ।

उनले गरेको कमब्याक खेलमा नै उत्कृष्ट लय र जोस बाँकि नै छ । एक बर्षको अन्तरालपछि मैदानमा फर्किएपछि उनले भने– मैले ब्यहोरेको सबै दुःखलाई विर्सिएर फेरी नयाँ जीवन पाएर आएको छु । अब यो नयाँ जीवन र नयाँ सिजनलाई भरपुर सदुपयो गर्ने छु ।

उनले भने धेरैले मेरो करियर सकिएको भन्ने जस्तो लागेको थियो । तर आफुले हिम्मत नहारी फेरी फुटबलमा फर्किएको छु ।
उनले आफ्नो टिममा धेरै नजिकबाट हेरीरहेका थिए । विशेष गरि अफ्रिकन नेशन्स कपमा उनले जिम्बावे टिमलाई इजिप्ट विरुद्ध राम्रोसँग नियालेका थिए । सो खेलपछि उनको मनोबल झन उच्च बन्यो ।

तर फेरी खेलमा फर्कन उनलाई सजिलो भने थिएन । उनले नयाँ अवस्थामा खेल्न निकै प्रयास गरे । कसरी नयाँ सैलीमा ट्याकल गर्ने, विपक्षीले लगाएमा कसरी लड्ने, यी सबैका लागि उनले ५ महिनाको समय लाग्यो । यो विचमा उनले निकै ठुलो मेहेनत गरे र आफुलाई तयार पारे ।

उनलाई फेरी मैदानमा फर्कन डाक्टर, फिजियोथेरापिस्ट, फिटनेश प्रशिक्षक सबैले ठुलो सहयोग गरे । जसमा उनलेपनि निश्चित डाइट, र नियमित एक्र्ससाइजलाई ध्यानमा राखे ।

हाल ३२ बर्षका उनले अहिले डिफेन्डरका रुपमा खेलिरहेका छन । २०१६ मा उनी जिम्बावेको बेष्ट खेलाडी बनेका थिए । उनको प्रदर्शनमा नै उनको क्लवले घरेलु लिगको उापधि जितेको थियो । राष्ट्रिय टिमबाट ७० खेल खेलिसकेका उनले २०१७ मा अफ्रिकन नेशन्स लिगमा प्रतिनिधित्व गरेका थिए ।

अब फिजिकल रुपमा पनि अरु खेलाडी भन्दा फरक किसिमले खेलिरहेका भिरोवी अझैपनि केहि बर्ष फुटबलमा विताउने लक्ष्यमा छन ।

Post Add 1025X115
Loading...