ईनोभेटिभ तीन जितसंगै अग्रस्थानमा

0

ईनोभेटिभ स्कुलले ओलम्पिक डे का अवसरमा ज्ञानोदय स्कुलको आयोजनामा भएको अन्तरस्कुल बास्केटबलमा तेश्रो दिनमा पनि जितलाई जारी राख्दै तीन जितका साथ अग्रस्थानमा रहेको छ ।

मंगलबार सम्पन्न खेलमा ईनोभेटिभले मोक्षदा स्कुल माथि २५ – ९ अंकको जित निकाल्दै अग्रस्थानमा रहेको हो । ईनोभेटिमको जितमा दर्पणको ११ अंक योगदान रह्यो ।

राउण्ड रोविन लिगको आधारमा भएको खेलमा आयोजक ज्ञानोदय एलए संग १३ – ६ ले पराजित भयो । एलएका लक्की महर्जनले ७ अंक जोडे । ६ बिद्यालय सहभागी प्रतियोगितामा एलएको तीन खेलमा दुई जित र एक हार छ भने आयोजक ज्ञानोदयको चार खेलमा २ जित र २ हार भएको छ । यस्तै मोक्षदाको तीन खेलमा एक जित र दुई हार भएको छ । यसैगरि एसको एक जित र २ हार तथा लिभरपुलको दुई हार रहेको छ ।

Post Add 1025X115
Loading...