नयाँ पिचकाे पर्खाइमा कीर्तिपुर मैदान, धेरै प्रयाेग कम मर्मत (भिडियाे रिपाेर्ट)

0

नेपाली क्रिकेटका क्युरेटर अजय पाण्डेका अनुसार हरेक तीन बर्षमा विकेटकोमा एक लेयर माटो निकालेर नयाँ माटो राख्न निकै आवश्यक हुन्छ । उनले २०१४ मा कीर्तिपुरको मैदानमा काम गर्दासम्म हरेक बर्ष पिचको माटो निकालेर मर्मत गरेको बताउछन । तर त्यसपछि भने अहिलेसम्म पिचको मर्मत खासै भएको देखिएको छैन ।

पछिल्लो पटक मर्मतका नाममा रोलर लगाउने र पानी हाल्ने अनि बर्षाबाट बचाउन कभर राख्ने बाहेक सायदै अन्य काम भएको छन । कीर्तिपुरमा साना र ठुला गरेर बर्षमा आधा दर्जन प्रतियोगिताहरु हुने गर्छन । कहिले काहि त एउटा प्रतियोगिता नसकिदै अर्को प्रतियोगिता पनि हुने गरेका छन । त बर्षा सिजनमा मैदानको पिचको कभर लगाएर राखिन्छ ।

तर त्यो कभरले पिचलाई पुर्ण रुपमा बचाउछ भन्ने ज्ञारेन्टी हुन्छ । एउटा पिचलाई नियमित मर्मत गर्न सक्नुनै चुनौती छ, तर कीर्तिपुर मैदानमा चार वटा पिचमा दुई वटा नयाँ छन अर्थात तीन बनेको पनि आठ बर्ष भयो । अरु दुई वटा भने पुराना हुन । पुरा पिचको अवस्था नयाँको भन्दा पनि खत्तम रहेको छ । कीर्तिपुरमा निकट भविष्यमा नै अन्तराष्ट्रिय प्रतियोगिताहरु हुँदैछन ।

तर अहिले जुन किसिमको पिचहरु छन, त्यसैमा खेलाउने की नयाँ बनाउने भन्ने ठुलो प्रश्न छ । एउटा पिचलाई मर्मत गर्दा कम्तिमा पनि एक देखि दुई लाख रुपैयाँ लाग्ने गर्छ । कारण पिचमा नयाँ माटो ल्याउनुपर्छ, विकेटको माटो निकाल्नु पर्यो । त्यसलाई फेरी रोल गर्नुपर्यो । कम्तिमा पनि एक महिनामा पिच तयार हुन्छ ।

क्युरेटर पाण्डेका अनुसार पिच समयमा नै मर्मत भएन भने त्यसको असर खेलमा देखिने गर्छ, बल राम्रोसँग बाउन्स नहुने, पिचले राम्रोसाग ब्यवहार देखाउदैन । अब अन्तराष्ट्रिय प्रतियोगिताका लागि पिच मर्मत हुन निकै जरुरी रहेको छ । नेपाली क्रिकेटलाई धान्ने एउटामात्र मैदान कीर्तिपुर हो भन्दा फरक नपर्ला । तर नेपालको एउटामात्र क्रिकेट मैदानको पिचहरू मात्र नभइ बाहिरी भाग पनि मर्मतको समय कुरिरहेको छ । हुन त ग्राउण्ड स्टाफले पिट तथा आउटफिल्डको रेखदेख गरिरहेका छन् ।

नियमित रुपमा रोलिङ गर्ने, बढार्ने, पानी हाल्ने काम भइरहेको छ । टियू मैदानमा दुई पटक नयाँ पिच बनिसक्नु पर्ने बेला भइसक्दा एक पटक पनि पिचको माटो परिवर्तन हुन सकेको छैन मर्मत हुन नसक्नुले खेल नै खेलाउन नसक्ने भन्ने होइन । यसले कालान्तरमा भने पिच बिग्रिन सक्छ ।

कुनै अन्तर्राष्ट्रिय खेल आयोजना गर्दा भने पिच फेल हुन सक्छ र नेपाली दर्शकले आफ्नो टिम घरेलु मैदानमा नै बसेर हेर्ने मौका गुमाउन सक्नेछन् । कीर्तिपुरको पिच मात्र होइन आउट फिल्ड पनि पुर्ण मर्मत गर्नुपर्ने हुन्छ । आउटफिल्टमा पनि लेभल विग्रिसकेको छ भने ग्रासको लेभर पनि कहि बाक्लो त कहि खालि भइसकेको छ ।

Post Add 1025X115
Loading...