इंग्ल्याण्डकाे एकै पारीमा ४ वटा कीर्तिमान, के के बने ?

0

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा एकै पारीमा इंग्ल्याण्डले चार वटा कीर्तिमान बनाउन सफल भयो । जसमा कप्तान इयोन मोर्गनले दुई वटा कीर्तिमान बनायो ।

वल्र्ड ट्राफोर्डमा भएको खेलमा अफगानिस्तान विरुद्ध इंग्ल्याण्डका कप्तान मोर्गनले ५७ बलमा सतक बनाएर विश्वकपमा कम बलमा सतक बनाउने  तेस्राे खेलाडी बने । यस्तै एकै पारीमा धेरे छक्का प्रहार गर्ने कीर्तिमान पनि मोर्गनले बनाउन सफल भए । उनले कुल १७ छक्का प्रहार गरे ।

उनले रोहित शर्मा, एवी डिभिलियर्स र क्रिस गेलको १६ छक्काको रेकर्ड तोडे । यसका साथै इंग्ल्याण्डले एकै पारीमा २५ छक्का प्रहार गर्दै ओडीआइमा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि बनायो ।

अफगानिस्तानका बलर रासिद खान विरुद्ध एक सय १० रन बनाएको इंग्ल्याण्डले उनको दिन खराव बनायो । रासिदले विश्वकपमा धेरै रन दिन नराम्रो कीर्तिमान बनाए । उनले ९ ओभरमा एक सय १० रन दिएर पनि विकेट विहीन बने ।

Post Add 1025X115
Loading...