माेर्गनले बनाए एकदिवसिय क्रिकेटमा नयाँ रेकर्ड

0

इंग्ल्याण्डका कप्तान इयाेन मोर्गनले एकै पारीमा धेरै छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन । अफगानिस्तान विरूद्दकाे खेलमा एक सय ४८ रनको पारी खेल्ने क्रममा उनले १७ छक्का प्रहार गरे । जसमा उनले ७१ बलमा चार चौका र १७ छक्का प्रहार गरे ।

एकदिवसिय क्रिकेटमा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन । उनले रोहित शर्मा, क्रिस गेल र एवी डिभिलियर्सको एकै पारीमा धेरै छक्का हार्ने रेर्कड तोड्न सफल भए । तीनै खेलाडीले एकै पारिमा १६ छक्का प्रहार गरेका थिए ।

करियरमा धेरै छक्का प्रहार गर्ने सूचीमा माेर्गन छैटाैं स्थानमा उक्लेका छन । उनकाे कुल २११ छक्का भएकाे छ ।

Post Add 1025X115
Loading...