पाकिस्तानी क्रिकेट टिमलाई आमिर खानले सघाउने!

0

काठमाडौं, २ असार । खराब नतिजाबाट गुज्रिरहेको पाकिस्तानी क्रिकेट टिमलाई बेलायतका बक्सर आमिर खानले सघाउने घोषणा गरेका छन् ।

भारतसँग ८९ रनले पराजित भएपछि ब्रिटेनका बक्सर आमिर खानले पाकिस्तानी टिमको फिटनेस र एकाग्रता बढाउनका लागि आफूले मद्दत गर्न चाहेको बताएका हुन् ।

पाकिस्तानी टिमको खेलाडीको फिटनेश र एकाग्र भएर खेल्नका लागि सुझाव पनि दिएका छन् ।

उनले भने ‘पाकिस्तानी खेलाडीले खाना, डाइट र प्रशिक्षण जस्ता कुराहरुमा सघाउन सक्छु ।’ पाकिस्तानी मुलका आमिर खानले इंग्ल्याण्डका लागि ओलम्पिकमा रजत पदक जितेका खेलाडी हुन् ।

Post Add 1025X115
Loading...