अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफै पठाउने, तर राष्ट्रिय प्रतियोगिता नखेलको भन्दै टिममा नराख्ने !

0

कीर्तिमानी खेलाडी अजित कुमार यादव र सोम बहादुर कुमाल आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रिय टोलीमा पर्न असफल भएका छन् ।

नेपाल एथलेटिक्स संघले सागका लागि छनोट गरेको २६ जना खेलाडीकाे सूचीमा सोम र अजित अटाएनन् । बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद नखेलेका कारण संघले दुबै खेलाडीलाइ टिम बाहिर राखेकाे हाे । तर संघकै सिफारिसमा सोम र अजितले राष्ट्रिय खेलकुदकै बेला कतारको दोहामा सम्पन्न एसियाली एथलेटिक्समा भाग लिग गएका थिए । उनीसँगै एथ्लेटिक्स स‌ंघका अध्यक्ष राजीव विक्रम शाह पनि गएका थिए ।

प्रतियाेगितामा जाँदा नै अजित र साेमकाे विषयमा राखेपलाई जानकारी गराएर गएकाले बन्द प्रशिक्षणमा नपर्नु दुःखद् भएकाे एथ्लेटिक्स स‌ंघका अध्यक्ष राजीव विक्रम शाहले नेप्लेजलाई बताए । अन्य खेलमा पनि यस्तै भएकाे बताउँदै युवा तथा खेलकुद मन्त्रालयमा यस विषयमा जानकारी गराइसकेकाे पनि शाहले जानकारी दिए ।

संघले नै अन्तराष्ट्रिय प्रतियाेगिताका लागि सिफारिस गरेर खेलाडी पठाउने तर पछि राष्ट्रिय प्रतियाेगिता खेलेन भनेर टिममा नराख्नु कतिकाे राम्राे कुरा हाे । खेलाडीकाे मनाेबल उच्च पार्ने किसिमले प्राेत्साहन गर्नुकाे साटाे उल्टाे आफै प्रतियाेगिताका लागि पठाउने पछि किन नखेलेकाे भनेर भन्नु खेलाडीमाथिका खेलवाड नै हाे ।

राखेपले सागमा समावेश २७ खेलमध्ये १८ खेलको विशेष प्रशिक्षण सुरु गरिसकेको छ । सोम ट्रयाक एन्ड फिल्डका ४००, ८०० र १५०० मिटरको च्याम्पियन हुन् । सोमले ८०० मिटरमा धनीराम चौधरीको २३ वर्षअघिको कीर्तिमान भंग गरेका थिए । यस्तै चौधरीले ८ सय मिटर दौड १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान सोमले एसियाली खेलकुदमा १ मिनेट ५०.२५ सेकेन्डमा पूरा गर्दै भंग गरेका थिए ।

यस्तै अजितले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णपदक जित्दै ४५ वर्षपछि नेपाललाइ ऐतिहासिक पदक दिलाएका थिए । पुरुष ३ हजार मिटर दौडमा अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए ।

सागका लागि विशेष प्रशिक्षण सुरू भइसकेकाे बेला उनीहरू टिम बाहिर परेपछि निकै चिन्तित भएका छन । यसविषयमा अजितले हामीलाइ दाेहा पठाएर पछि राष्ट्रिय प्रतियाेगिता नखेलेकाे भनेर टिम बाहिर राखिएकाे छ । संघकाे याे निर्णयले निकै चिन्तित भएकाे बताए । साथै उनले अब राष्ट्रिय टिममा परिन्छ की परिदैन एकिन छैन ।

सागका लागि खेलाडी छनाेट गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियाेगितामा राम्राे गरेका खेलाडी राख्नुपर्ने हाे । तर राम्राे गरेका र संभावना बाेकेका खेलाडीलाइ उनीहरूकाे करियरकाे सुरूवातमा नै निरूत्साहित गर्नु कतिकाे उचित हाे ?

Post Add 1025X115
Loading...