अर्जेन्टिनालाई हराउदै इंग्ल्याण्ड महिला विश्वकपकाे अन्तिम १६ मा

0

फिफा महिला विश्वकपमा इंग्ल्याण्डले अर्जेन्टिनालाई एक शुन्यले हराएको छ । जितसँगै इंग्ल्याण्ड एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

फ्रान्समा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर खेलको ६१ औं मिनेटमा टेलरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाइन ।

निकै उत्कृष्ट ढंगले गोल गरेकी टेलरको त्यो एकमात्र गोल अन्तिममा इंग्ल्याण्डलाई प्रिक्वाटरफाइनलमा पुर्याउन पर्याप्त बन्यो ।

समुह डी अन्तर्गत इंग्ल्याण्डले दुई खेलमा दुईमा नै जित निकाल्दै ६ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो ।

Post Add 1025X115
Loading...