जमैकालाई हराउँदै इटली फिफा महिला विश्वकपको अन्तिम १६ मा

0

नेप्लेज, १ असार । जमैकालाई ५–० गोलले पराजित गरी इटली फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्रिष्टियान जिरेलीको ह्याट्रिक र सब्सिच्युड अउरोरा गल्लीको सानदार दुई गोलमा इटलीले जमैकामाथि सहज जित निकालेको हो ।

युभेन्टसकी जिरेलीले खेलको १२ औं मिनेटमा दोहोर्याएर दिइएको पेनाल्टीमार्फत इटलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो पेनाल्टीमा जमैकन गोलरक्षक सिड्नी स्नाइडरले बचाउ गरे पनि उनी गोललाईनबाट पछि हटेको भन्दै रेफ्रीले गिरेलीलाई दोस्रो मौका दिइन् ।

२५औं मिनेटमा उनले क्लोज रेन्जबाट गोल गरी पहिलो हाफमा इटलीलाई २–० को अग्रता दिलाइन् । दोस्रो हाफको पहिलो मिनेटकै जिरेलीले इटलीको लागि तेस्रो तथा व्यक्तिगत ह्याट्रिक पूरा गरिन् । उनले म्यानुएला जुग्लियानोको पासमा हेड गोल गरेकी हुन् ।

७१ औं र ८१ औं मिनेटमा गल्लीले गरेको गोल सानदार थियो । ६५ औं मिनेटमा बर्गामाचीलाई सब्सिच्युड गरी मैदान छिरेको ६ मिनेटमै गल्लीले पहिलो गोल गरिन् । प्रतियोगिताकै सबैभन्दा तल्लो बरियताको टोली जमैकाबिरुद्ध दवाव बढाउने क्रममा अन्तिमका दुई उत्कृष्ट गोल निस्किएका थिए ।

विश्वकपको समूह सी बाट इटलीले लगातार दोस्रो जितका साथ अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने लगातार दोस्रो हारपछि जमैका समूहबाटै बाहिरिने सम्भावना बलियो छ । यस समूहको विजेताको छिनोफानो इटली र ब्राजिलबीच हुने खेलको विजेताले लगाउनेछ ।

Post Add 1025X115
Loading...