विश्वकपमा दक्षिण अफ्रिका भर्सेस अफगानिस्तान, दुवै पहिलो जितको खोजीमा

0

नेप्लेज, ३२ जेठ । अफगानिस्तान र दक्षिण अफ्रिकाले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वककपमा अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।

शनिबार कार्डिफमा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजबिरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।

सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानबिरुद्ध जित अत्यावश्यक छ । तर त्यसका लागि उसको ब्याटिङमा सुधार हुनु आवश्यक छ ।

यता सुरुआती तीन खेलमा पराजित भएपछि अफगानिस्तान अंकतालिकाको पुछारमा छ । बलिङपक्ष उत्कृष्ट भए पनि ब्याटिङमा अनुभवको कमी देखिएको छ । मोहम्मद साहजाद फिटनेसका कारण टिमबाट निकालिएपछि अफगानी ब्याटिङ अझै कमजोर बनेको छ ।

निराशाजनक सुरुआत गरेको दक्षिण अफ्रिकालाई पराजित गर्न सकेमा दोस्रोपल्ट विश्वकप खेलिरहेको अफगानिस्तानका लागि ठूलो सफलता हुनेछ । त्यसका लागि अफगानिस्तानले कागिसो रावाडा र इमरान ताहिरको नेतृत्वमा रहेको अफगानी बलिङ आक्रमणको सामना गर्नुपर्नेछ ।

Post Add 1025X115
Loading...