इंग्ल्याण्डद्वारा इण्डिज आठ विकेटले पराजित, जो रुटले पूरा गरे दाेस्राे विश्वकप शतक

0

वेष्ट इण्डिजनलाई हराउँदै इंग्ल्याण्ड आईसीसी विश्वकप अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा इंग्ल्याण्डले वेष्टइण्डिजलाई नौ विकेटले हरायो ।

वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३.१ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । इंग्ल्याण्डको जितमा जो रुटले शतकीय योगदान दिए । आक्रामक ब्याटिङ गरेका रुटले अविजित १०० रन बनाए । उनले  ९४ बलमा १०० रन बनाएका थिए ।  रुटको विश्वकपमा यो दोस्रो शतक हो । यसअघि पाकिस्तानविरुद्धको खेलमा उनले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यसअघि ओपन जोनी बेइर्स्टाेले पनि ४५ रन बनाएका थिए । पहिलो विकेटका लागि रुट र बेइर्स्टाेले ९५ रनको साझेदारी गरे भने रुटले क्रिश वक्ससँग मिलेर पनि १०४ रनको साझेदारी गरे । वक्सले ४० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रनकाे योगदान दिए भने सिमरन हेटमेयरले ३९ रन बनाए । क्रिश गेलले पनि ३६ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । इण्डिजका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।

इण्डिजलाई सस्तैमा समेट्नका लागि जोफ्रा आर्चर र मार्क उडले तीन तीन विकेट लिए भने जो रुटले दुई विकेट हात पारे ।

इंग्ल्याण्डले चार खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म हार नब्यहोरेको न्यूजिल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।  वेष्ट इण्डिज भने चार खेलबाट तीन अंक जाेड्दै छैटाैं स्थानमा छ ।

Post Add 1025X115
Loading...