‘पोग्बा प्रेसर’– आफूले चाहेको खेलाडी किन्न क्लबलाई जिदानेको खुल्ला दबाब

0

 चेल्सीका स्टार प्लेमेकर इडेन हाजार्डलाई प्रस्तुत गर्दा सान्टियागो बनाउबाउमा केलियन एबाप्पेलाई भित्राउन समर्थकले नारा नै घन्काए ।

स्टेडियममा उपस्थित ५० हजार दर्शकले एकै स्वरमा पीएसजी स्टारलाई भित्राउन भनेपछि रियललाई एक प्रकारकाे दबाब परेको छ । समर्थकको यो हर्कतबाट रियल ब्यवस्थापन केही दबाबमा आएको छ भने प्रशिक्षक जिनेदिन जिदानलाई भने धेरै खुसी लाग्यो ।

प्रिसिजनमा ३४४ मिलियन पाउण्ड खर्च गरिसकेपनि रियल बोस जिदान अझै पनि आफ्नो रणनीतिसँग ताल मिलाउन सक्ने खेलाडीको खोजीमा छन् ।

समर्थकले महँगा एमबाप्पे मागिरहँदा जिदानलाई पनि त्यो दबाब पोग्बा तिर ‘सिफ्ट’ गर्ने मौका मिलेको छ । एमबाप्पे भन्दा पोग्बाको रेट केही सस्तो हुने भएका कारण रियल जिदानको पोग्बा कार्ड स्वीकार गर्न सक्नेछ ।

उनलाई एमबाप्पे पाउँदिन भन्ने स्पष्ट थाहा छ । प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल स्वीकार गर्दा जिदानेले पनि आफ्नो अडान कायम गरेका थिए । क्लबको नयाँ योजनासँग असहमत भएर निस्किएका जिदानलेलाई क्लबले पनि माग पुरा गर्ने आश्वासन दिएको थियो ।

त्यसबेला क्लबले रोनाल्डोलाई बेच्न लागेको थाहा पाए पनि उनले असहमति जनाउँदै क्लब छोड्ने निर्णय गरेका थिए । क्लबले भित्राउन लागेको १९ वर्षे भिनिसियस जुनियरले रोनाल्डोको स्थान लिन सक्दैनन् भने उनलाई प्रष्टै थाहा थियो ।

यससँगै उनलाई यो पनि थाहा भयो की त्यो सिजन क्लबले भित्राउने सबैभन्दा महँगा खेलाडी चेल्सी गोलकिपर थिवट कर्टवा हुनेछन् ।  जसको स्थानलाई केलर नभास र उनका छोरा लुका जिदानेले न्याय गर्दै आएका थिए ।

लगातार तीनवटा च्याम्पियन्स लिग जितेपछि जिदानले मड्रिडलाई नयाँ उचाईमा लग्न चाहन्थे । नयाँ मड्रिड बनाउने जिदानेको अडान क्लबले पनि मानेको छ जसका कारणले गर्दा जिदानेले मागेको खेलाडी पाउन सक्नेमा दुई मत छैन ।

जिदानलेलाई कोर्टवा भन्दा नभास मन पर्छ । यस्तै ग्यारेथ बेलले उनको रणनीति अनुशार खेल्न सक्दैनन् । टिमको नेतृत्व गर्नका लागि उनलाई सर्जियो रामोस आवस्यक छ ।

जसको सम्झौता क्लब बढाउन चाहँदैन । क्लब अझ पनि भिनिसियस जुनियरलाई राम्रो बनाएर लैजानुपर्ने मनसायमा छ भने जिदान उनलाई एक सिजन लोनमा पठाएर थप अनुभवी बनाउने सोचिरहेका छन् ।

जिदानलाई सबैभन्दा आवस्यक खेलाडी पोग्बा हुन् । पोग्बा रियल आउन चाहन्छन् भने जिदानलाई राम्रो ज्ञान छ । उनलाई यो पनि थाहा छ की म्यान्चेष्टर युनाइटेडमा रहेको केही समूह राम्रो रकम आए पोग्बालाई बेच्न चाहन्छन् ।

यता क्लबका अध्यक्ष पेरेज कहिले पनि पोग्बाको फ्यान भएनन् । यसअघि उनको एजेन्ट मिनो राइओलाका कारणले पनि परेजलाई पोग्बा मन नपरेको हो । राइओलाले पोग्बालाई ओभर रेटेड गरेको पेरेजको बुझाई छ ।

यदी उनले पोग्बा पाए भने जिदानले खुसीका साथ सिजन शुरु गर्नेछन् । त्यस्तै नभएमा प्रशिक्षक र ब्यवस्थापकवीचको चिसोपनाकावीच रियलको नयाँ सिजन शुरु हुनेछ ।

दोस्रो पटक क्लबमा आउँदा जिदानेको स्वभाव नै परिवर्तन भएको खेलाडीले नै महसुस गरिसकेका छन् । आफूसँग जम्न नसकेका फिजिकल ट्रेनरलाई हटाइसके । आफू रोनाल्डोका कारण भाग्यमानी नभएको र आफ्नै सक्षमताले तीनवटा च्याम्पियन्स लिग जितेको भन्ने उनलाई प्रमाणित गर्नुछ ।

 

Post Add 1025X115
Loading...