एसीसी इस्टर्न रिजनको उपाधि जित्ने लक्ष्य सहित यू १९ क्रिकेट टिम कीर्तिपुरमा (भिडियो रिपोर्ट)

0

मलेसियामा हुने एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी शुरु गरेको छ । त्यसका लागि नेपाली यू १९ टिमका मुख्य प्रशिक्षक विनोद दासले १८ जना खेलाडीलाई बोलाएका छन् । नेपालले पहिलो खेलमा म्यानमारसँग जुलाई २ तारिखमा खेल्ने छ । यस्तै जुलाई ५ मा सिंगापुर र समुहको अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । दुबै समुहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । नेपाल यो प्रतियोगिताको साविक विजेता पनि हो । उसले २०१७ मा भएको अघिल्लो संस्करणको फाइनलमा हङकङमाथि ५ विकेटको जित निकालेको थियो । साथै प्रतियोगितामा नेपाल अपराजित एक्लो टिम बनेको थियो । यसपटक पनि नेपालको लक्ष्य उपाधि रक्षाा गर्नु नै हुनेछ । एसिया कपको लागि छनोट हुने ढोकोका रुपमा रहेकाले यो प्रतियोगिता नेपाली टिमका लागि महत्वपूर्ण रहेको छ ।

Post Add 1025X115
Loading...