उप-मेयर कप महिला फुटबलमा एक खेलमा १५ गाेल, एउटाकाे दाेहाेराे र २ जनाकाे ह्याट्रिक

0

प्रिती राईकाे दाेहाेराे ह्याट्रिकमा काठमाडौं महानगरपालिकाले उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा भिमेश्वर नगरपालिकालाई १५-० गोल अन्तरले पराजित गरेकाे छ ।

हलचोकस्थित एपीएफको मैदानमा काठमाडौंकाे जितमा  प्रिती राईले  ७ गोल गरिन् । नेपाली महिला यू-१६ टोलीका कप्तान समेत रहेकी प्रितीले पहिलो हाफमा ६ र दोस्रो हाफमा एक गोल थपेकी थिइन ।

यसका साथै मनिषा थापा मगर र सुनकला राईले पनि ह्याट्रिक गरिन् भने सुस्मिता खड्का र सुभद्रा खड्काले एक एक गोल थपिन ।

जितसंगै समूह ‘सी’ मा रहेकाे काठमाडौंले ३ अंक जोडेको छ । यसअघि उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुरले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । त्यस्तै दोस्रो खेलमा चन्द्रपुर नगरपालिकाले गोदावरी नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

Post Add 1025X115
Loading...