लियोनल मेस्सीका लागी कोपा अमेरिका देशका लागि प्रमाणीत गर्ने मौका !

0

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वमा सर्बाधिक रुचाईएको खेलाडि हुन । मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दा धेरै कपहरु पनि जितिसकेका छन् । उनले उत्कृष्ट खेलाडिलाई प्रदान गरिने बलोन डि ओर ५ पटक जितीसकेका छन् । यसवर्षको बलोन डि ओर को पनि मेस्सी प्रमुख दाबेदार हुन् ।

यतिबेला फुटबल समर्थकहरुको ध्यान कोपा अमेरिका तिर केन्द्रीत भएको छ । मेस्सी विश्वकप पछि अर्जेन्टिनाको राष्ट्रिय टोलि सम्हाल्न आइपुगेका छन् । मेस्सीबाट उनका समर्थकले यस पटक राम्रो खेल प्रस्तुत गर्ने अपेक्षा गरेका छन् ।

मेस्सीले सम्पूर्ण खेल करियर मा देशको लागि एउटा पनि कप जितेका छैनन् । त्यसैले पनि यसपालिको कोपा अमेरिकालाई अर्जेन्टीना र स्वयम मेस्सीका लागि सुनौलो अवसरका रुपमा हेरिएको छ ।

गतवर्ष भएको विश्वकपमा अर्जेन्टिनाले उत्साहकजनक प्रदर्शन गर्न सकेको थिएन् । अर्जेन्टिना अन्तिम १६ बाट आउट भएको थियो ।

अर्जेन्टिना विश्वकपमा भोगेको निराशालाई अहिले कोपा अमेरिकामा राम्रो प्रदर्शन गरेर मलम पट्टी गर्ने तयारीमा छ ।
कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो खेल जुन १६ मा कोलम्बीया सँग हुनेछ ।

Post Add 1025X115
Loading...