कोपा अमेरिका २०१९ : उद्घाटन खेलमा घरेलु टोली ब्राजिल र बोलिभिया भिड्दै

0

दक्षिण अमेरिकी फुटबलको महासंग्राम कोपा अमेरिका भोलिदेखि सुरु हुँदैछ ।

उद्घाटन खेलमा आयोजक ब्राजिल र बोलिभिया भिड्दै छन् । समूह ए अन्तर्गतको यस खेल नेपाली समय अनुसार भोली बिहान सवा ६ बजे सुरु हुनेछ ।

विश्व फुटबलको पर्यायवाची नाम बनेको ब्राजिलले सर्वाधिक ५ पटक विश्वकपको उपाधि जितेको छ । ३० वर्षपछि ब्राजिलमा हुन लागेको कोपामा घरेलु टोली उत्कृष्ट प्रदर्शन गर्ने तयारिमा रहेको छ ।

सन् २०१४ मा घरेलु भूमिमै भएको विश्वकपमा खराब प्रदर्शन गरेपनि यस पटक भने कोपामा ब्राजिलले उतक्ष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । स्टार फरवार्ड नेयमार चोटका कारण टिमबाट बाहिरिए पनि टिममा अन्य राम्रा खेलाडीरु पनि छन् । प्रिमियर लिगमा खेल्ने गाब्रीएल जेसस र रोवर्टो फिर्मिनो अनी बार्सिलोनाबाट खेल्ने फिलिप काउटिन्हो जस्ता खेलाडी ब्राजिली टिममा छन् । एक दशक यता ब्राजिलले कोपा अमेरिका जित्न सकेको छैन ।

सन् २००४ र २००७ मा लगातार दुई पटक उपाधि जितेको ८ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । १२ वर्षपछि ब्राजिल उपाधि जित्ने दाउमा छ । नेमार टिममा नहुँदा ब्राजिलको प्रदर्शन कस्तो हुन्छ भन्ने विषयले पनि चर्चा पाइरहेको छ । समूह ए मा ब्राजिल, बोलिभिया सँगै पेरु र भेनेजुएला छन् ।

उता बोलिभियाले सन् १९६३ मा एकपटक मात्र कोपा अमेरिका जितेको थिए । ब्राजिल र बोलिभिया दुवै भेट्रान डिफेण्डरको कप्तानीमा मैदान उत्रदैँछ । ब्राजिलको कप्तानी ३४ वर्षीय डानी अल्भेजले गर्नेछन् भने बोलिभिया ३१ वर्षिय मार्भिन बेजारानोको नेतृत्वमा खेल्दैछ ।

विश्वकै पुरानो पुटबल प्रतियोगिताको रुपमा रहेको कोपा अमेरिकाको ४६औं संस्करणमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा दक्षिण अमेरिकी महादेशबाट १० र आमन्त्रित दुई एसियाली राष्ट्र जापान र कतार छन् । उरुग्वेले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधि जित्दा अर्जेन्टिनाले १४ र ब्राजिलले ८ पटक उपाधि जितेका छन् ।

Post Add 1025X115
Loading...