चन्दुपुरकाे उप-मेयर कप महिला फुटबलमा विजयी सुरूवात

0

अखिल नेपाल फुटबल संघ एन्फाकाे अायाेजनामा अाजबाट सुरू भएकाे उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

उसले गोदावरी नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गरेकाे हाे । हलचोकस्थित एपीएफको मैदानमा भएकाे खेलमा चन्द्रपुरकाे जितमा  सबिता राना मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ र निशा थोकरले एक एक गोल गरिन् ।

जितसंगै समूह ‘सी’ मा रहेको चन्द्रपुरले ३ अंक जोडेको छ । अाजै भएकाे उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुरले २-२ गोलको बराबरी खेले ।

एन्फाको महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमकाे सहभागिता रहेकाे छ । सहभागि टिमलाइ ४ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

 

Post Add 1025X115
Loading...