फिफा बरियतामा नेपाल चार स्थान तल खस्कियाे

0

विश्व फुटबल महासंघ फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । नेपाल  यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो ।

नेपालले यसै महिना २ वटा मैत्रीपुर्ण खेल खेलेकाे थियाे । जसमा नेपाल एक खेलमा बराबरी र एक खेलमा हार ब्यहाेरेकाे थियाे । नेपालले  मलेसिया र चाईनिज ताईपेइसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।

नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियाली स्तरमा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो , पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

 

Post Add 1025X115
Loading...