जब सन्दिपकाे बलिङमा विनाेद दास ब्याटिङमा उत्रिए (भिडियाे सहित)

0

एसीसी यू–१९ इस्र्टन रिजन च्याम्पियनसिपका लागि नेपाली युवा टिमले आजबाट पुर्ण रुपमा प्रशिक्षण सुरु गरेको छ ।

विहिबार लेग स्पिनर खेलाडीलाई बोलाएर सामान्य प्रशिक्षण गरेको नेपाली टिमले आजबाट भने पुरै टिम मैदानमा पुगेर प्रशिक्षण सुरु गरेको छ । यसअघि यू–१९ विश्वकप छनोट खेलेको टिमका खेलाडी र केहि युवा खेलाडीलाई सम्मिलित गरेर क्याम्प सुरु भएको हो ।

प्रतियोगिताको तयारीका लागि युवा स्पिनरलाई नेट सेसनका लागि बोलाउदा पछिल्लो पटकका स्टार स्पिनर सन्दिप लामिछाने विरुद्ध राष्ट्रिय टिमका पुर्व कप्तान तथा यू–१९ टिमका प्रशिक्षक विनोद दाशको टक्कर देखियो ।

क्रिजमा विनोद दाश ब्याटिङ गरिरहेको देखेपछि हौसिदै सन्दिप चाँडो चाँडो वार्मअप गरेर बलिङमा उत्रिएका थिए । जसमा उनले विनोद दास विरुद्ध यसरी बलिङ गरेका थिए । बाँकि सन्दिप भर्सेस विनोदको हेरौ भिडियो:

 

Post Add 1025X115
Loading...