माउरिसियो सार्री युभेन्टस जाने, लाम्पार्ड स्ट्याम्फर्ड ब्रिजमा !

0

इंग्लिस क्लब चेल्सीले प्रशिक्षक माउरिसियो सार्रीलाई इटालियन च्याम्पियन युभेन्टस जानका लागि बाटो खुल्ला गरिदिएको छ ।

चेल्सीलाई प्रिमियर लिगमा तेस्रो र युरोपा लिगको उपाधि जिताएका सार्रीलाई युभेन्टस जानका लागि सैद्धान्तिक सम्झौता गरेको हो । जसका आधिकारिक सम्झौता आजै हुने बुझिएको छ ।

गत वर्षको जुलाईमा चेल्सीले तीन वर्षको सम्झौता गरेको थियो । रोमन इब्राहिमोभिचले चेल्सी किनेपछि सार्री क्लब छोड्ने नवौं प्रशिक्षक हुनेछन् । प्रिमियर लिग र युरोपा लिगको प्रदर्शन बाहेक सार्रीको सबैभन्दा ठूलो समस्या खेलाडीसँगको सम्बन्धमा देखियो । गत फेब्रुअरीमा कारबाओ कपको फाइनलमा गोलकिपर केपाले सब्स्टिच्युट हुन मानेका थिएनन् । जुन खेलमा चेल्सी म्यान्चेष्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।

क्लबका वरिष्ठ अधिकारीका अनुशार पूर्व खेलाडी फ्राङ्क लाम्पार्ड प्रशिक्षकका रुपमा स्ट्याम्फर्ड ब्रिजमा आउँदैछन् । डर्बी काउन्टिलाई च्याम्पियनसिप प्लेअफसम्म पु¥याएका लाम्पार्ड चेल्सीका सर्वाधिक गोलकर्ता हुन् ।

Post Add 1025X115
Loading...