महिला विश्वकपमा चीनद्वारा दक्षिण अफ्रिका पराजित

0

फिफा महिला फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।

समूह बी अन्तर्गत बिहीबार राती भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।
फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् । यसअघिको खेलमा चीन जर्मनीसँग पराजित भएको थियो ।

Post Add 1025X115
Loading...