अन्तत: रियलले हाजार्डलाई बेर्नाबेउमा सार्वजनिक गर्याे

0

बेल्जियमका स्टार तथा चेल्सीका पूर्व खेलाडी इडेन हाजार्ड अन्ततः रियल मड्रिडमा अनुबन्ध भएका छन । आफ्नो ड्रिम क्लव रहेको बताएका हाजार्डलाई रियलले आफ्नो स्टेडियम सान्टियागोमा सार्वजनिक गरेको छ ।

एक सय ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको रियलमा औपचारिक रुपमा सार्वजनिक हुन अगाडी मेडिकल टेष्टहरु पुरा गरेका थिए । रियलले हाजार्डसँग ५ बर्षको सम्झौता गरेका छन । जसमा साताको चार लाख पाउण्ड तलव दिने निधो भएको छ ।

रियलमा पहिलो पटक पुगेपनि मिडियासँग र समर्थकसँगको छोटो कुराकानीपनि उनी मैदान भित्र प्रवेश गरेका थिए । उनले मैदानमा पुगेर उपस्थित दर्शकलाई हात हल्लाउनुका साथै रियलको लोगोमा किस पनि गरेका थिए । उनले आफ्नो स्पिचमा स्पेनीस त्यति राम्रो नभएको बताउदै छोटो स्पिचका रुपमा धन्यवाद भनेका थिए ।

निकै लामो समयको चर्चा र परिचर्चा पनि रियलले अन्ततः हाजार्डलाई महंगो रकममा खरिद गरेको छ । यसको अर्थ अब रियलले ग्यारेथ बेललाई विक्रि गर्नेछ ।

Post Add 1025X115
Loading...