अर्जेन्टिनी कप्तान मेस्सीलाई किन अन्तर्राष्ट्रिय स्तरमा सधै संघर्ष गर्नुपर्छ ?

1

उनी लजालु र विशेष युवा थिए र सायदै कमैले साेचेकाे थिए उनी एक दिन फुटबलमा युवाका लागि भगवान हुन्छन भनेर ।
अर्जेन्टिनालाई थाहा थियो लियोनल मेस्सी विशेष मणि हुन, यदि उनलाई विशेष रुपले हेरेको खण्डमा । तर सिनियर स्तरमा डेब्यु गरेको १४ बर्षमा मेस्सीले कुनै त्यस्तो चमत्कारी प्रर्दशन गर्न सकेका छैन अर्जेन्टिनाका लागि । र अझैपनि घडीको सुई घुमिरहेको छ ।

जब उनको राष्ट्रिय टिममा प्रतिनिधित्वको कुरा आउछ, उनी चाँडै ३२ बर्षका हुनेछन । उनी तीन दशकको सुरुवाती बसन्तमा लागि रहदा उनीमाथि अर्जेन्टिनाका समर्थकले जहिले पनि धेरै अपेक्षा राखेका हुन्छन । तर सबै प्रतियोगिता निराशामा परिवर्तन हुन्छन ।

सन् २००५ मा मेस्सीले यू २० विश्वकपको उपाधि जितेका थिए । त्यसको तीन बर्षपछि बेइजिङ ओलम्पिकमा देशलाई स्वर्ण दिलाए । तर उनले सिनियर स्तरमा कहिलेपनि मुख्य प्रतियोगिताको उपाधि जितेका छैनन् ।

मेस्सीले यो महिना आफ्ना बारेमा भनेका थिए, जिन्दगीमा म जति पटक लडेपनि फेरी उठेर अगाडी बढ्नुछ, यो बच्चाहरुका लागि राम्रो म्यासेज जानेछ । म अर्जेन्टिनाका लागि केहि गरेर नै सन्यास लिनेछु ।

मेस्सीको यो भनाई ब्राजिलमा हुन लागेको कोपा अमेरीका भन्दा अगाडी आएको कुरा हो । अर्जेन्टिनी कप्तान मेस्सीलाई थाहा छ, यो प्रतियोगिता उनका लागि अन्तिम मौका हुनेछ । यसका साथै उनका लागि राष्ट्रिय टिमबाट विदाई हुने अन्तिम राम्रो अवसर हो ।

मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन । साथै उनी अर्जेन्टिनाका लागि धेरै खेल खेल्ने खेलाडीमा जाभियर मासेरानो भन्दा १७ खेलमात्र पछाडी छन । उनले अहिलेसम्म एक सय ३० खेलमा राष्ट्रिय टिमको जर्सी लगाएका छन ।

तर अर्जेन्टिनाका लागि खेलेका आठ वटा मुख्य प्रतियोगिता, चार विश्वकप, चार कोपा अमेरीकामा उनीमाथि एउटै प्रश्न उठ्ने गरेको छ । उनी किन राष्ट्रिय टिमबाट खेल्दा क्लवको जस्तो खेलाडीका रुपमा प्रस्तुत हुदैनन् । मैदानमा जहिलेपनि दुई वटा मेस्सी हुन्छन । एक तर्फ क्लव स्तरका, जो जहिलेपनि उपाधि जित्न र उत्कृष्ट हुनबाट पछाडी पर्दैनन् । पेप ग्वार्डियोलाले तयार पारेका मेस्सी जसले बच्चा देखि नै आन्द्रे इनिस्टा, जाभीसँग खेलेका थिए । बार्सिलोनाको युथ एकेडेमीबाट स्टार खेलाडी बनेका मेस्सीको अर्को पाटो राष्ट्रिय स्तरमा निकै चुकचुकाउदो अवस्थामा छ ।

राष्ट्रिय टिममा उनसँग जहिले इगो, असन्तुष्टीले भरिएका खेलाडीको भिड छ । सायद त्यहि भएर होला उनले २००९ देखि २०११ सम्म दुई बर्ष राष्ट्रिय टिमका लागि गोल गर्न सकेनन् ।

हरेक कोपा अमेरीकामा समस्या, हरेक विश्वकपपछि मेस्सीको भविष्यका बारेमा संका उपशंका आलोचना, तनाव, मौनता, जसले गर्दा मेस्सी टुटेका छन भनेर सबैले सोच्दा उनी स्पेनमा बार्सिलोनाबाट खेलेर चम्किरहेका हुन्थे ।

बार्सिलोना मेस्सीका लागि बासस्थानका रुपमा रहदै आएको छ । जहाँ मेस्सीको राष्ट्रिय फुटबल टिमबाट संका उत्पन्न हुने गथ्र्यो त्यस्तो बेला बार्सिलोनाबाट उनी चम्किरहेका हुन्थे । उनको क्लवमा हुने हरेक उत्कृष्ट प्रदर्शनले समुन्द्रपारी अर्जेन्टिना इश्र्या हुने गथ्र्यो । किन क्लवमा मात्र, राष्ट्रिय टिममा गर्दैन, उसले के चाहन्छ, यस्तै यस्तै प्रश्नले उनमाथि झन आक्रोश पोखिरहेको हुन्छन ।

तर यसपटकको कोपा अमेरीकामा फेरी मेस्सीमाथि धेरै आशा, विश्वास, भरोसा बढेको छ । यसपटक त उनले प्रतियोगिताको उपाधि दिलाउछन भनेर ।

मेस्सीका लागि यसपटक क्लवमा पनि निराशा नै हात परेको छ । त्यो हो च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुनु, कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग हार्नु । त्यसमा पनि मेस्सी र उनका मिल्ने साथी लुइस स्वारेजको खेलाडीको चेन्जिङ रुममा राम्रो ब्यवहार नहुनु, यस कारणले मेस्सीलाई धेरै आलोचना गरिएको थियो ।

त्यसको पिडा बोक्दै मेस्सी अर्जेन्टिना पुगेका छन । उनको मुटुमाथि यसपटक ठुलो भार रहेको छ । त्यो भारलाई उनी कोपा अमेरीकामा पोख्न चाहन्छन ।

अर्जेन्टिनाले अन्तिम पटक १९९३ मा कोपा अमेरीकाको उपाधि जितेको थियो । त्यसपछि चार पटक उसले फाइनलमा हार ब्यहोरेको छ । जसमा उसले २००४, २००७, २०१५ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने विश्वकपमा २०१४ मा हारेको थियो । यो ५ मुख्य प्रतियोगितामा मेस्सीले चार वटा प्रतियोगिता खेलेका थिए ।

अर्जेन्टिनाको आशा यतिमात्र हो की यो कोपा अमेरीकामा अर्जेन्टिनाले २६ बर्षको उपाधिको खडेरीलाई तोड्नेछ भनेर ।
अब अर्जेन्टिनी समर्थकको आशामा मेस्सी र उनको टिम कतिको खरो उत्रने हो त्यो भने हेर्न बाँकि छ ।

Post Add 1025X115
Loading...