धवनकाे स्थानमा विश्वकपका लागि इंग्ल्याण्ड पुगेका पन्त ड्रेसिङ रूममा जान नपाउने, किन ?

0

आइसीसी एकदिवसिय विश्वकपबाट तीन साताका लागि बाहिर भएका ओपनर शिखर धवनको स्थानमा इंग्ल्याण्ड रिसव पन्त पुगेका छन । भारतले आज न्युजिल्याण्ड विरुद्ध खेल्दैछ ।

तर पन्तले खेलाडीको ड्रेसिङ रुममा जाने अनुमती भने पाउने छैनन् । घाइते भएका धवनको स्थानमा अन्तिममा १५ खेलाडीको सूचीमा परेका पन्त टिममा परेपनि ड्रेसिङ रुममा भने जान पाउने भएका छैनन । यसको कारण धवन पुर्ण रुपमा टिमबाट बाहिर नहुँदासम्म पन्तलाई ड्रेसिङ रुपमा जाने अनुमती हुने छैन ।

भारतीय टिमले धवन प्रतियोगिताबाट बाहिर रहेको भनेर आधिकारीक रुपमा घोषणा नगरेसम्म पन्तलाई टिमको ड्रेसिङ रुममा जान नदिइने भएको छ । २१ बर्षे पन्त युवा खेलाडीमा उदयीमान खेलाडीका रुपमा मानिन्छन । इंग्ल्याण्ड र अष्ट्रेलिया टुरमा पन्तले टेष्टमा सतक प्रहार गर्नुका साथै आइपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन ।

धवनको हातको बुढी औलामा चोट लागेपछि उनी तीन खेलका लागि मैदान बाहिर रहेका छन । तर उनी पुरै प्रतियोगिताबाट बाहिर भएको हो की नाई भन्ने एकिन भएको छैन ।

Post Add 1025X115
Loading...