यू–१९ इस्टर्न रिजन च्याम्पियनका लागि आजबाट तयारी शुरु

0

काठमाडौं, ३० जेठ | मलेसियामा हुन लागेको एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियनसिपका लागि नेपाली युवा टिमले विहिबारबाट तयारी सुरु गर्ने गरेको छ । प्रतियोगिता सुरु हुन करीव दुई साताको समय मात्र बाँकी हुदा नेपालले तयारी शुरु गरेको हो ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा खेलाडीहरु व्यस्त भएकाले ढिला गरी तयारी शुरु हुन लागेको हो ।एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियनसिपका लागि नेपालले तीन साता अगाडी नै आफ्नो प्रशिक्षणको योजना र कार्यतालिका तथा बजेट सहित एशियन क्रिकेट काउन्सिललाई पठाएको थियो ।

एसीसीले अहिलेसम्म नेपालको प्रस्तावमा कुनै प्रतिक्रिया जनाएको छैन । आज लेग स्पिनरलाईमात्र प्रशिक्षणमा बोलाएको छ । बलरलाई पहिलो दिन मात्र छलफल र नेट सेसनका लागि बोलाइएको हो । यसका साथै कप्तान रोहित पौडेल लगायत केहि खेलाडी पनि प्रशिक्षमा जानेछन ।

तर पहिलो दिन पुरै टिम भने हुने छैन । हाल यू–१९ टिममा रहेका सिनियर खेलाडीका लागि यो अन्तिम प्रतियोगिता हुनेछ ।
जसमा चार जना खेलाडी रहेका छन । उनीहरुलाई रिप्लेस गर्नका लागि अहिलेदेखि नै यू–१६ इस्र्टन रिजन खेलको टिमबाट चार जना जति खेलाडीलाई यो क्याम्पमा राख्ने योजनामा प्रशिक्षक विनोद दाश रहेका छन् ।

जुलाई २ तारिख देखि ९ तारिखसम्म मलेसियामा हुने प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन रहेको छ । जसमा नेपालले पहिलो खेल जुलाई दुई तारिखमा म्यानमारविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ ।

Post Add 1025X115
Loading...