भारतीय क्रिकेटर बुमराहलाई बोल्ड गर्ने यी हुन नायिका !

0

आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टिमका महत्वपूर्ण खेलाडी जसप्रित बुमराह अहिले इंग्ल्याण्डमा छन् । त्यहाँ जारी विश्वकपमा उनले उत्कृष्ट बलिङ गरिरहेका छन् भने टिमले पनि शत प्रतिशत नतिजा निकालेको छ । खेलेका दुई खेलमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियालाई पराजित गरिसकेको छ ।

भारतीय क्रिकेटर बुमराहको प्रेम समबन्ध अहिले फेरि बाहिर आएको छ । यसअघि  बुमराह र राशी खन्ना रिलेशनसिपमा रहेको बताइएको थियो । तर जवाफमा राशीले बुमराह राम्रो क्रिकेट खेलाडी भएको आफूलाई थाहा भएको अन्य कुरा केही पनि थाहा नभएको जवाफ दिएपछि त्यो मामला सेलाएको थियो ।

तर अहिले बुमराहको नाम साउथन नायिका अनुपमा परमेसवरनसँग जोडिएको छ ।  भारतीय मिडियाका अनुसार यी दुई डेटमा पनि रहेका छन् । अनुपमाको ट्वीटर बुमराहले फ्लो गरेपछि यो कुरा सार्वजनिक भएको हो । अनुपमाले साउथन फिल्मा २०१५ मा डेब्यु गरेकी थिय । अहिले उनी असिस्टेन्ट डाइरेक्टरको रुपमा प्रोडक्सन हाउसमा काम गर्दै आएकी छिन् ।

Post Add 1025X115
Loading...