भारत र न्यूजिल्याण्डबीचको खेलमा पानीले प्रभाव पार्ने!

0

काठमाडौं, ३० जेठ । आईसीसी विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड आज भिड्दैछन् । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् ।

भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि खेल शुरुहुने छ ।

जारी विश्वकपमा अहिलेसम्म वर्षाले तीन खेल रद्द भइसकेका छन् । जसले गर्दा आजको खेल के हुन्छ भन्ने आंकलन गरिएको छ ।

नटिङघमको ट्रेन्ट ब्रिजमा आज पानी पर्ने अत्याधिक सम्भावना रहेको छ । मौसम पूर्वानुमानका अनुसार भारत र न्यूजिल्याण्डबीचको खेलका दौरान पानी पर्ने सम्भावना ९० प्रतिशत रहेको छ । यसैगरी तापक्रम पनि १०–१२ डिग्री सेल्सियस हुने छ ।

Post Add 1025X115
Loading...