चेल्सीले ‘समर ट्रान्सफर विन्डाे’ मा खेलाडी खरिद गर्न नपाउने

0

चेल्सीले यो सिजनमा पहिलाे ट्रान्सफर विन्डाेमा नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ । खेलाडी अनुबन्ध गर्दा अनाधिकृत रुपमा खेलाडी ल्याएको भन्दै चेल्सीलाई गत फेब्रेवरीमा दुई सिजनका लागि खेलाडी भित्र्याउन प्रतिबन्ध लगाएको थियो ।

तर चेल्सीले त्यसका विरुद्ध अपिल गरेपनि उसको अपिल यो समर विन्डोपछि मात्र सुनुवाई हुने भएकाले क्लवलाई तनाव बढेको हो । उसले कोर्ट अफ आर्बिटेन फर स्पोर्टसमा अपिल गरेपनि कोर्टको तत्कालको सुनुवाईमा चेल्सीको मुद्दा सामेल छैन ।

कोर्टले सार्वजनिक गरेको १८ मुद्दाको सूचीमा चेल्सीको समावेश गरिएको छैन । जुन १२ बाट हुने यी केसको सुनुवाई अगस्ट १४ मा सकिनेछ ।

यसको अर्थ चेल्सीले यो खेलाडी ट्रान्सफ विन्डोमा कुनै खेलाडी किनबेच गर्न पाउने छैन । जसका कारण माउरीजीयो सारी अर्थात उनको स्थानमा आउने अर्को प्रशिक्षकले नयाँ योजना बनाउन कठिन हुनेछ ।

हाजार्ड चेल्सीबाट बाहिरीसकेको अवस्थामा उनको स्थानमा अर्को खेलाडी ल्याउन चेल्सीलाई समस्या हुने भएको छ । इंग्लिस खेलाडीको ट्रान्सफर विन्डो शुक्रबारबाट सुरु भएर अगष्ट नौ तारिखमा सकिनेछ ।

Post Add 1025X115
Loading...