गिरीजाप्रसाद कोइराला स्मृति महिला इन्डोर हक्कीमा आर्मी च्याम्पियन

0

 नेपाल आर्मीले शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति महिला इन्डोर हक्की प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीले प्रदेश २ लाई ४–१ गोलले पराजित गर्यो । आर्मीका लागि अन्जना चन्दले २ तथा सीतामाया बल र सीता चौधरीले १–१ ले गोल गरे । प्रदेश २ की गुडिया सुनारले १ गोल फर्काइन् । गण्डकी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रदेश २ की गुडिया उत्कृष्ट खेलाडी तथा आर्मीकी कुस्मा राण उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर ९ गोल गरेकी आर्मीकी सीतामाया बल सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ६ टिम सहभागी थिए ।

Post Add 1025X115
Loading...