फिफा महिला विश्वकप : नाइजेरियाको पहिलो जित

0

काठमाडौं, २९ जेठ । फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाले पहिलो जीत निकालेको छ । समूह एको खेलमा नाइजेरियाले कोरियामाथि २–० को जित निकाल्न सफल भएको हो ।

नाइजेरियाले पहिलो खेलमा नर्वेसँग पराजित भएको थियो । कोरियामाथि २–० को जीत निकाल्दै समूहमा तीन अंक जोडेको छ । नाइजेरियाको जितमा कोरियाले एक गोल उपहार दिएको थियो ।

कोरियाकी डो योन किमले उले बल किलियर गर्न नसक्दा आफ्नै पोस्टमा प्रहार गरेकी थिइन् । आत्मघाति गोल मार्फत अग्रता लिएको नाइजेरियाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

एशिस्ट लामिना ओसालाले गोल गर्दै २–० को अग्रता दिलाएकी हुन् । त्यसपछि थप गोल नभएपछि कोरिया फिफा महिला विश्वकपमा लगातार दोस्रो खेलमा पराजय हुन पुग्यो ।

Post Add 1025X115
Loading...