च्यासललाई हराउदै संकटा नुवाकाेट गाेल्डकपकाे फाइनलमा

0

च्यासल युथ क्लबलाई सडनडेथमा हराउदै संकटा नुवाकोटमा जारी नुवाकोट गोल्डकप फुटवलको फाइनलमा प्रवेश गरेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा भएको खेलमा संकटाले च्यासललाई सडनडेथमा ७–६ ले पराजित गर्याे । उसले उपाधिका लागि घरेलु टिम नुवाकोट–११ सँग खेल्नेछ ।

खेलकाे निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । १३औं मिनेटमा मिलन राईको गोलबाट च्यासलले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा संकटाका कोने बोरिसले बराबरी गोल फर्काएका थिए ।

पेनाल्टीमा संकटाका अमित तामाङ, मेसुएज पिएरे, अर्नेस्ट टम्पी, दिपेश आलेमगर, सरोज दाहाल, कोने बोरिस र सुभास गुरुङले गोल गरे । च्यासलका विक्रम लामा, अमिर श्रेष्ठ, वियक वियक, प्रिसो, देवेन्द्र तामाङ र छिरिङ गुरुङले गोल गर्दा अन्तिममा मिलन राई चुके ।

फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुने छ ।

Post Add 1025X115
Loading...