अष्ट्रेलियाद्वारा पाकिस्तानसामु ३०८ रनकाे लक्ष्य, वार्नरकाे सतक, आमिरकाे ५ विकेट

0

आइसीसी एकदिवसिय क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई तीन सय आठ रनको लक्ष्य दिएको छ ।

टाउनटोनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा तीन सय सात रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरेको थियो ।

जसमा उसका कप्तान आरोन फिन्चले ८२ रन बनाए । त्यसपछि स्टिभ स्मिथ मात्र १० रनमा आउट भएपछि अष्ट्रेलियाले एक सय ८९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल पनि ब्यक्तिगत २० रनमा आउट भए । मध्यक्रमका खेलाडी क्रिजमा टिक्न नसकेका बेला ओपनर डेविड वार्नरले सतकीय पारी खेले ।

जसमा उनले एक सय ११ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय सात रन बनाए । उसका सन मार्सले २३ तथा उस्मान ख्वाजाले १८ रनको योगदान गरे । यस्तै नाथन कट्लर नीलमात्र दुई रनमा आउट भए । एलेक्स क्यारीले २० रन थपे ।

बलिङमा मोहम्मद आमीरले ५ विकेट लिन सफल भए भने साहिन साह अफ्रिदीले दुई विकेट हात पारे ।

Post Add 1025X115
Loading...