जाेभिक रियलमा अनुबन्ध

0

सर्बियन स्ट्राइकर लुका जोभिक  स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन । रियलले  जोभिकसंग ६ वर्षका लागि अनुबन्ध गरेको हो । सम्झौतासंगै जोभिक सन् २०२५ सम्म रियलमा रहने छन् ।

यस्तै रियलले घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जोभिकलाई क्लबको जर्सीसहित सार्वजनिक गरेको छ । साथै उनकाे मेडिकल टेष्ट पनि गरिएकाे छ । रियलले जोभिकलाई जर्मन क्लब फ्रान्कफर्टबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

२१ बर्षीय जोभिकले यस सिजन बुन्डेसलिगामा  ३२ खेलमा १७ गोल गरेका छन् ।

Post Add 1025X115
Loading...