सुरू भएकाे दाेस्राे दिन देखि नै ललित स्मृती यू-१८ फुटबल एक साताका लागि स्थगित

0

अखिल नेपाल फुटबल संघ एन्फाकाे अायाेजनामा बुधबारबाट सुरु गरेकाे ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिप एक साताका लागि स्थगित भएकाे छ । प्रतियाेगिता सुरू गरेकाे अर्काे दिन देखि नै एक साताका लागि स्थगित भएपछि केहि टिमहरू रूष्ट भएका छन ।

एन्फाले ‘सी’ डिभिजन लिग छनोट खेल नसकिएको कारण प्रतियोगिता एक साता सरेको हाे। एन्फाले जनाएअनुसार प्रतियोगिता असार ६ गतेबाट फेरी सुरू हुनेछ ।

उद्घाटन खेलमा न्युरोड टिम एनआरटीले च्यासल युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा १४ क्लवकाे सहभागिता रहेका छ ।

हरेक समुहका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

मैदान अभावका कारण

Post Add 1025X115
Loading...