बास्केटबल : लुम्बिनी र मोर्गन फाइनलमा

0

काठमाडौं,२९ जेठ । आयोजक लुम्बिनी र मोर्गन तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा लुम्बिनीले टेरेसालाई १८–१२ तथा मोर्गनले युरोजलाई १०–६ ले पराजित गरे । ब्वाइजमा ग्रेट माया ‘बी’ ले आफ्नै ‘सी’ टिमलाई ८–६ तथा हेराल्डले बीएनएलाई १०–४ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । फाइनल बिहीबार हुनेछ ।

Post Add 1025X115
Loading...