गौतमबुद्ध रंगशालालाई सरकारले सहयोग गर्छ : प्रचण्ड

0

चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको रंगशालाका विषयमा कुरा गर्दै अध्यक्ष प्रचण्डले भने ‘चितवनमा क्रिकेट रंगशाला बन्छ । चन्दा उठाएर पुगेन भने सरकारले सहयोग गर्छ ।’

सत्तारुढ दलका अध्यक्ष प्रचण्डले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले रंगशाला निर्माणमा पनि सहयोग गरिने प्रेस संगठनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन् ।

आफैले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी पनि दिए ।

धुर्मुस सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ । रासस

Post Add 1025X115
Loading...