ललित मेमोरियल यू–१८ फुटबलमा एनआरटीको विजयी शुरुआत

0

काठमाडौं, २९ जेठ । ललित मेमोरियल यू–१८ फुटबलमा न्यूरोड टिम एनआरटीले बिजयी शुरुआत गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमामा एनआरटीले च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
खेल शुरुभएको पहिलो मिनेटमै रेजन माझीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको ४४ औं मिनेटमा च्यासलका स्याब्लो तामाङले गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याएका थिए ।

५४ औं मिनेटमा क्रितिश रत्न चुन्जुले एनआरटीकालागि गोल गर्दै खेललाई २–१ अवस्थामा लगे । च्यासलका खेलाडील गल्ती गरेपछि एनआरटीका सुजन शर्माले पेनाल्टी मार्फत ८२ औं मिनेटमा तेस्रो गोल थपेका थिए ।

च्यासलमाथि लगातार दबाव बनाएको एनआरटीले ८७ औं मिनेटमा चौथो गोल थपेको थियो । त्यतिबेला विवेक राईले गोल गरेका थिए ।

Post Add 1025X115
Loading...