पीएम कप महिला क्रिकेटकाे उद्घाटन खेलमा सुदुरपश्चिम र गण्डकी भिड्ने

0

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन ।
८ टिमको सहभागिता रहेको प्रतियोगिता असार चार देखि ११ गतेसम्म महेन्द्रनगरमा हुने भएको छ ।

सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर खेल तालिका तयार पारिएको हो । जसमा समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन ।

प्रतियोगिताको पहिलो दिनको दोस्रो खेलमा प्रदेश २ र कर्णाली प्रदेश खेल्नेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ । जसमा विजेताले ५ लाख, उपविजेताले तीन लाख पाउनेछन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।

Post Add 1025X115
Loading...