विश्वकप क्रिकेट: पाकिस्तान टस जितेर बलिङमा

0

आइसीसी एकदिवसिय विश्वकपमा अहिले पाकिस्तान र अष्ट्रेलिया विच प्रतिस्पर्धा भइरहेको छ । जसमा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा पाकिस्तान टिममा एक खेलाडी परिवर्तन गरिएको छ । साहबको स्थानमा साहिन अफ्रिदी टिममा परेका छन ।

आफ्नो पूरा तागतका साथ अष्ट्रेलियाको बलिङ आक्रमढा भारतबिरुद्धको खेलमा संघर्षरत देखिएको थियो । जसले गएको बिहीबार द ओभलमा पहिलो इनिङमै लगभग खेलबाट बाहिरिइसकेको थियो ।

३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए । तर, जवाफी पारीको कुनै पनि समयमा अष्ट्रेलियाले खेल नियन्त्रणमा लिन सकेन । महत्वपूर्ण समयमा उसले विकेट गुमाइरहेको थियो ।

यद्यपी एलेक्स केरीको प्रदर्शनले सायद सबैको ध्यान खिचेको थियो । पूरै ब्याटिङपंक्तिमा उनै एक थिए जसले च्याम्पियन शैलीमा रन बटुलेका थिए ।

त्यसको विपरित पाकिस्तान टिम जसले युएईमा अष्ट्रेलियाबिरुद्धको श्रृंखला ५–० ले पराजित भएको थियो । र, आरोन फिन्चको टोली त्यही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।

पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ ।

उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो ।

Post Add 1025X115
Loading...