विश्वकपकाे दाेस्राे चरणकाे छनाेटकाे ड्र जुलाईमा हुने

0

२०२२ मा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट जुलाईको १७ तारिखमा कतारको दोहामा हुने भएको छ । नेपाली फुटबलको इतिहासमा पहिलो पटक विश्वकप छनोटमा सोझै दोस्रो चरणमा पुगेको नेपाल पोट ५ मा रहेको छ ।

कुल ४० देशलाई ५ समुहमा विभाजन गरेर खेल तालिका बनाइनेछ । जसमा नेपाल कठिन समुहमा पर्ने पक्का जस्तै छ । छनोट चरण यहि बर्षको सेप्टेम्बरबाट सुरु हुनेछ ।

यहि छनोटका लागि नेपाली टिम पछिल्लो पटक मैत्रीपुर्ण खेलमा ब्यस्त रहेको छ । नेपालले पछिल्लो पटक कुवेत, मलेसिया र चाइनीज ताइपेइसँग मैत्रीपुर्ण खेल खेलेको थियो ।

जसमा मलेसियासँग पराजित हुदा ताइपेइसँग एक एक गोलको बराबरी र कुवेत विरुद्ध दुई खेलमा एक हार र एक बराबरी खेलेको थियो ।

Post Add 1025X115
Loading...