भलिबलका कप्तान इम रानामगरले मानबहादुर बारे गरे यस्तो खुलासा! (भिडियो)

0

नेप्लेज, २९ जेठ । नेपाली भलिबल टिमका कप्तान इम रानामगरले आसन्न एशियन सेन्ट्रल जोन भलिबलको फाइनल खेल्ने गरि तयारी शुरु भएको बताएका छन् । यसअघि चार संस्करण बाहिर खेलेको नेपालले पहिलो पटक घरेलु कोर्टमा यो प्रतियोगिता खेल्न लागेको हो ।

शारिरीक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा मंगलबारदेखि शुरु भएको बन्द प्रशिक्षणमा २५ जना खेलाडील रहेका छन् । नेपालले यसअघि विदेशमा गएर भलिबल खेलिसकेको बताउँदै कप्तान मगरले पहिलो पटक घरेलु दर्शक र कोर्टको फाइदा पनि हुने बताए ।

उनले नेपालका मुख्य स्पाईकर मानबहादुर श्रेष्ठ प्रारम्भिक २५ मा नपरेको विषयमा प्रतिक्रिया दिँदै खेलाडी जो जस्तो सुकै राम्रो भए पनि अनुशासनमा बस्नु पर्ने प्रष्ट पारे ।

नेपाली टिमको रिसिभ र बल्क कमजोर रहेको स्वीकार गर्दै लामो समय रहेको र विदेशी प्रशिक्षक पनि आउन लागेकाले यसमा सुधार हुने विश्वास व्यक्त गरे । हेरौं उनीसँगको कुराकानी यो भिडियोमा ।

 

याे पनि हेराै‌ं

Post Add 1025X115
Loading...