‘विश्वकप : पानीले प्रभावित खेलहरु अन्य दिनमा सम्भव छैन’

0

एजेन्सी, २९ जेठ । आईसीसका निवर्तमान मुख्य कार्यकारी डेविड रिचर्डसनले वर्षाले प्रभावित विश्वकपका खेले अन्य दिनमा खेलाउन नसकिने बताएका छन् ।

प्रतियोगिताको लामो सेडियूलका कारण पनि व्यवहारिक नहुने उनको भनाई छ । श्रीलंकाको पाकिस्तान र बंगलादेशबीचको खेल पानी परेपछि रद्द भएको थियो । दक्षिण अफ्रिका र वेस्टइण्डिजको खेलमा भने ७.३ ओभरको खेल हुँदा पानी परेपछि खेलको नतिजा आउन सकेन् ।

रिचर्डसनले भने ‘विश्वकपका हरेक खेल अन्य दिनमा तय गर्दा धेरै समय लाग्ने र यो व्यवहारिक पनि हुँदैन ।’
मौसम विभाका अनुसार अमेरिकामा जुनमा औसत धेरै पानी पर्छ । जुनमा इंग्ल्याण्ड तुलनात्मकरुपमा सुख्खा मौसम हुुन पर्ने हो । २०१८ को जुन महिनामा जम्मा २ मिमि पानी परेको थियो ।

यस वर्ष भने २४ घण्टामा १०० मिमि पानी परेको छ । पानीका कारण खेल अन्य सार्दा पिच र टिमको तयारी लगाएतका विभिद समस्याहरु उत्पन्न हुने पनि रिचर्डसनको भनाई थियो ।

Post Add 1025X115
Loading...